मुकाम डेस्क । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा अवस्थित महाभीर झरनालाई दिगो पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकारले कदम चालेको छ ।
भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिकाको केन्द्र रहेको अन्नपूर्णबाट करिब साढे चार किलोमिटर पश्चिममा रहेको यो झरनामा बाह्रै महिना उस्तै मात्रामा पानी बग्ने गर्दछ ।
गाउँपालिकाले नयाँ पूर्वाधारको विकास तथा भइरहेका सम्पदाको संरक्षणमा थप योजना अघि सारेसँगै यहाँ आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र टेम्केमैयुङ गाउँपालिका बडा नम्बर ४ मा रहेको छ ।
झरनामा आउने पर्यटकहरूलाई नुहाउन साथै शौचालय प्रयोग गर्न टेम्केमैयुङ गाउँपालिका र वडा कार्यालयले मिलेर शौचालय र कपडा फेर्ने ठाउँ बनाउने भएको टेम्केमैयुङ वडा नम्बर ४ का वडा अध्यक्ष हर्कराज राईले बताए । विगतमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महाभीर झरना रहेको स्थानीय संगम राईले बताए ।
राईले भने, ‘गाउँपालिकाको पर्यटकीय केन्द्र महाभीर झरनालाई आवश्यक संरचना निर्माण गरेर गाउँपालिकाभरिका पर्यटकीय स्थलहरूबाट आम्दानी बढाउन गाउँपालिका लागिपरेको छ ।’
झरनाबाट झरेको पानीको फोहोराले पर्यटकहरूलाई मनै लोभ्याउने गरेको छ । खासगरी गर्मीको समयमा बढी मानिसहरू झरनाको मज्जा लिन आउने गरेका छन् । भदौ, असोज र कात्तिक महिनामा दिनहुँ १ सय देखि १ सय ५० जनासम्म पर्यटक आउने गरेका छन् । विगतका वर्षहरूभन्दा अहिले सडक निर्माण भएर आवागमन सजिलो भएकाले वर्षाको समयमा पनि पर्यटक आउने गरेका गाउँपालिकाका अध्यक्ष बस्नेतले बताए ।
अध्यक्ष बस्नेतले भने, ‘गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तार गरेसँगै झरना वरिपरि पर्यटकहरूलाई लक्षित गरी आवश्यक संरचना निर्माणको काम गरिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






