
एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण भयावह अबस्थामा पुगेको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको २ लाख ३४ हजार ६९२ जनामा थपिएका छन् ।
सो अवधिमा कोभिड- १९ का कारण १ हजार ३ सय ४१ जना संक्रमितकाको ज्यान गएको छ ।
पछिल्ला दिनमा भारतमा दैनिक २ लाखभन्दा धेरै संक्रमित थपिने गरेका छन् भने दैनिक १ हजारभन्दा धेरैको ज्यान गएको छ ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या बढेर १६ लाख ७९ हजार ७४० पुगेको छ । कुल संक्रमितको संख्या एक करोड ४५ लाख २६ हजार ६ सय ९ पुगेको छ भने कोभिड- १९ बाट अहिलेसम्म १ लाख ७५ हजार ६ सय ४९ जनाको ज्यान गएको छ ।
अहिलेसम्म ११ करोड ९९ लाख ३७ हजार ६४१ जनाले कोरोना भाइरसविरुद्घको खोपको कम्तीमा पहिलो मात्रा लगाएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील