• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

एसीसी यू १९ एसिया कप क्रिकेटः नेपालले पहिलो विकेट गुमायो

काठमाडौँ । एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

यूएईको दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले तिलक भण्डारीका रुपमा पहिलो विकेट गुमाएको हो । 

तिलक नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए ।

उनलाई पाकिस्तानी बलर अमिर हसनले साद बेगद्वारा क्याच गराएका थिए । २.२ ओभरमा तिलक आउट हुँदा नेपालले १० रन बनाएको थियो । 

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् ।

नेपालको प्लेइङ—११ मा देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलक भण्डारी, आकाश त्रिपाठी, विपिन रावल, दीपेश कँडेल, विशालविक्रम केसी, आकाश चन्द, सुवाष भण्डारी, गुल्सन झा र उत्तम रंगु थापा मगर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै