काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीमा पहिरो गएको छ । जिल्ला अध्यक्ष नवराज सिम्खडासहित १०७ जना नेता तथा कार्यकर्ताले पार्टीसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेसँगै ठूलो राजनीतिक पहिरो गएको हो ।
पार्टीले आफ्नो मूल उद्देश्य, सिद्धान्त र राजनीतिक मार्गदर्शनलाई प्रभावकारी रूपमा आत्मसात गर्न नसकेको निष्कर्षसहित उनीहरूले सामूहिक रूपमा अलग हुने घोषणा गरेका हुन् ।
सिम्खडाले जारी गरेको वक्तव्यमा पार्टीको व्यवहार र घोषित नीतिबीच पर्याप्त सामञ्जस्य नदेखिएको उल्लेख गर्दै त्यसै कारण आफूहरू नयाँ राजनीतिक यात्रातर्फ अग्रसर भएको जनाएका छन् ।
यसअघि बसेको जिल्ला कमिटी बैठकले पनि पार्टीबाट अलग हुने निर्णय अनुमोदन गरेको थियो । उक्त समूहमा काठमाडौं महानगर अध्यक्ष केदारबहादुर धमलासमेत सहभागी रहेका छन् ।
राजीनामा दिएका नेताहरूले तत्काल कुनै अर्को दलमा प्रवेश नगरी स्वतन्त्र राजनीतिक गतिविधि सञ्चालन गर्ने बताएका छन् । यद्यपि, उनीहरूले आफूहरूको वैचारिक प्रतिबद्धता यथावत् रहने स्पष्ट पारेका छन् ।
यस समूहका अधिकांश नेता तथा कार्यकर्ता भविष्यमा डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुने नयाँ राजनीतिक दलसँग आबद्ध हुन सक्ने चर्चा चलिरहेको छ ।
पार्टीबाट अलग हुने अन्य नेता तथा कार्यकर्ताहरूको विवरण क्रमिक रूपमा सार्वजनिक गरिने बताइएको छ । राजधानीको राजनीतिमा राप्रपाभित्र देखिएको यो घटनालाई महत्वपूर्ण राजनीतिक विकासका रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अदालतले म्याद थप्न अस्वीकार गरेपछि एकै दिनमा छुटे दुर्गा प्रसाईं
- राष्ट्रिय सभा साउन २१ सम्मका लागि स्थगित
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

ट्रेन्डिङ
खबरमुकाम







