चितवन । लगातारको वर्षाका कारण पहिरो र ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिक माथिबाट ढुंगा खसेपछि यातायात प्रभावित भएको हो ।
यस्तै, सिमलताल क्षेत्रमा लेदो सडकमा बगेपछि पनि सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन डोजर, आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ । मौसमले साथ दिएर थप पहिरो वा ढुंगा नखसेमा करिब एक घण्टाभित्र सडक दुवैतर्फ सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
यद्यपि, सो क्षेत्रमा वर्षा जारी रहेकाले पहिरोको जोखिम अझै कायम छ । त्यसैले चालक तथा यात्रुले यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र सुरक्षित रूपमा यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






