काठमाडौं । विश्वकप फुटबलअन्तर्गत आइभरीकोस्टले रोमाञ्चक जित हात पारेको छ । अमेरिकामा सम्पन्न खेलमा इक्वेडरलाई १–० ले पराजित गर्दै आइभरीकोस्टले महत्वपूर्ण तीन अंक जोडेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि निर्धारित समयको अन्त्यसम्म जाली चुमाउन सकेका थिएनन् ।
खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला अमाड डियालो नायक बने । उनले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै आइभरीकोस्टलाई महत्वपूर्ण जित दिलाए ।
डियालोको अन्तिम क्षणको गोलसँगै इक्वेडर निराश बनेको थियो । यस जितपछि आइभरीकोस्टले प्रतियोगितामा विजयी सुरुआत गर्दै तीन अंक आफ्नो खातामा थपेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




