काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध खेल्दैछ । खेल डार्विनस्थित मारारा क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
चौथो खेल खेल्न लागेको नेपाल ‘ए’ दोस्रो जितको खोजीमा हुनेछ। पहिलो दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले हराएको थियो। तीन खेल खेलिसकेको एसीटी भने पहिलो जितको पर्खाइमा छ । एसीटीले यसअघिका तीनवटै खेलमा हार व्यहोरेको छ ।
सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल दुई अङ्कसहित अंकतालिकाको सातौँ स्थानमा रहेको छ । यस संस्करणका लागि नेपाल ‘ए’ टोलीमा कप्तान अनिलकुमार शाहसहित कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल र मयन यादव छन् ।
टोलीमा दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि समावेश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने
- रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला



ट्रेन्डिङ
खबरमुकाम







