काठमाडौं । फिफा विश्वकपमा लगातार दोस्रो हारसँगै व्यहोरेसँगै टर्की प्रतिस्र्धाबाट बाहिरिएको छ । समूह ‘डी’ अन्तर्गत शनिबार बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको हो ।
खेल सुरु भएको मात्र ६५औँ सेकेन्डमा माटियास गालार्जाले गरेको गोल नै पाराग्वेको जितका लागि निर्णायक बन्यो । पहिलो हाफको इन्जुरी समयमा फरवार्ड मिगुएल अल्मिरोनले रातो कार्ड पाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । तर संख्यात्मक रूपमा कमजोर बने पनि पाराग्वेले आफ्नो अग्रता जोगाउन सफल रह्यो ।
खेलभर टर्कीले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन र अन्ततः हार बेहोर्न बाध्य भयो । यसअघि पहिलो खेलमा पनि टर्की अस्ट्रेलियासँग २–० ले पराजित भएको थियो । यता, पाराग्वेले भने आफ्नो पहिलो खेलमा विश्वकपका सहआयोजक अमेरिकासँग ४–१ को हार बेहोरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






