रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनसँग सम्बन्धित अधिकांश तयारी पुरा भएको हो ।

महामन्त्री बुर्लाकोटीले प्रतिनिधिहरूको दर्ता प्रक्रिया जारी रहेको र सो कार्य पनि आजसम्म सकिने जानकारी दिएका छन् । साथै, पर्यवेक्षक व्यवस्थापन, समायोजन तथा विधान संशोधनको मस्यौदा तयारीको कामसमेत तीव्र रूपमा अघि बढिरहेको उनले बताएका छन् ।

उनले पार्टी सचिवालयको असार ४ गते बसेको बैठकले महाधिवेशन तयारीका कामलाई आवश्यक निर्देशन दिएको उल्लेख गरे । उनका अनुसार महाधिवेशन तयारीका क्रममा पार्टीका शीर्ष नेताहरू हाल चितवनमा छन् । आज चितवनमा केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेताहरूलाई समेत आमन्त्रण गरिएको छ ।

महामन्त्री बुर्लाकोटीले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक बनाउने लक्ष्यसहित सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै