काठमाडौं । फिफा विश्वकप २०२६ का खेलहरू नेपालभित्र अनधिकृत रूपमा प्रसारण हुन नदिन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार जारी गरेको पत्रमार्फत ३५ वटा वेबसाइट तथा मोबाइल एपको पहुँच नियन्त्रण गर्न सेवा प्रदायकहरूलाई आग्रह गरेको हो ।
ती प्लेटफर्महरूबाट विश्वकपका खेलहरू अधिकारबिनै प्रसारण हुन सक्ने जानकारी प्राप्त भएपछि यस्तो निर्णय गरिएको जनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त जानकारीअनुसार नेपालमा विश्वकप २०२६ प्रसारणको आधिकारिक अधिकार हिमालय टेलिभिजन नेटवर्कको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटलसँग आबद्ध डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियमले प्राप्त गरेको छ ।
यसैबीच केही अनलाइन प्लेटफर्महरूले प्रतियोगिताका खेलहरू निःशुल्क रूपमा उपलब्ध गराउने तयारी गरिरहेको सूचनापछि नियामक निकाय सक्रिय बनेको हो । प्राधिकरणले त्यस्ता माध्यमबाट हुने सम्भावित अवैध स्ट्रिमिङ रोक्न प्राविधिक उपाय अपनाउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।
यसअघि अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका बेला अनधिकृत स्ट्रिमिङका कारण इन्टरनेट ट्राफिक अस्वाभाविक रूपमा बढ्ने गरेको अनुभव सेवा प्रदायकहरूको छ । यसले ब्यान्डविथ व्यवस्थापनमा चुनौती थप्नुका साथै अतिरिक्त खर्चसमेत बढाउने गरेको बताइन्छ ।
आधिकारिक प्रसारण अधिकार प्राप्त संस्थाहरूले समेत अवैध प्रसारण नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए । त्यसपछि मन्त्रालय र सरोकारवाला निकायबीच छलफल भई आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
प्राधिकरणको निर्देशनसँगै केही वेबसाइट तथा एपमा पहुँच सीमित गर्ने कार्य सुरु भइसकेको बताइएको छ ।
यी वेबसाइट र एपमा लाग्यो प्रतिबन्ध :
१. tv.getemoji.online
२. kick.com
३. freeplyrr
४. bhandari-suraj.com
५. sportzfy
६ sportzfypkdownload
७. sportzfytvapp
८. sportzfytvbd.
९. sportzfy.link
१०. sportzfyapp.cc
११. cricfytv.to
१२. cricfytvap
१३. cricfytv.org
१४. cricfytv.net
१५. cricfytv.com
१६. cricfytv.pro
१७ cricty.net
१८ newsecrettips
१९. novasoccer.net
२०. nepsportshub
२१. crichd.com
२२. smarteric.com
२३. webcric.eu
२४ soccertvhd.com
२५. https://www.yosin-tv.net/
२६. streamseast.top
२७. genzaitv.com
२८. fbstream.me
२९ streamed.su
३०. Streameast
३१. ronaldo7.net
३२. Istreameast.app
३३. damity pro
३४ soccertvhd.com
३५. sportzworkzlive
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध
- नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी पक्षको बहस सकियो, सुनुवाइ शुक्रबार पनि जारी रहने
- समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक
- दीपक भट्टसहित चार जनाविरुद्ध बैंकिङ कसूरको मुद्दा
- भट्ट–अग्रवालविरुद्ध आजै मुद्दा दर्ता हुने सम्भावना, सयभन्दा बढी प्रतिवादी रहने
- फुटबलको महाकुम्भ सुरु हुँदै, ४८ राष्ट्र उपाधि दौडमा
- कांग्रेसको १५ औं महाधिवेशन निष्पक्ष बनाउन साझा संयन्त्र बनाऔँ– प्रकाशशरण महत
- अमेरिकी हमलाको जवाफः इरानले बन्द गर्यो स्ट्रेट अफ हर्मुज



ट्रेन्डिङ
खबरमुकाम






