काठामडौं । चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिले विद्युतीय उपकरणमार्फत उम्मेदवारको नाम र तस्बिर छनोट गरी मतदान गर्न सक्नेछन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान सम्पन्न गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा सभापति पदका लागि एक जना र केन्द्रीय सदस्यका ९९ पदका लागि मतदान हुनेछ ।
पहिलो चरणबाट निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गरिनेछ ।
निर्वाचन कार्यतालिकाअनुसार असार ८ गते दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ । सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने तयारी गरिएको आयोगको भनाइ रहेको छ । पहिलो चरणको निर्वाचन सकिएपछि असार ९ गते पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन हुनेछ ।
महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। विदेशमा रहेका र महाधिवेशनमा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि पार्टीले आफ्नै मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाएको छ । विदेशस्थित १७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले एपमार्फत मतदान गर्न सक्नेछन् ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित १० सदस्य रहेका छन् । निर्वाचन आयोगका पदाधिकारीले उम्मेदवारी दिन नपाउने भए पनि मतदान गर्न भने पाउने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







