काठामडौं । चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिले विद्युतीय उपकरणमार्फत उम्मेदवारको नाम र तस्बिर छनोट गरी मतदान गर्न सक्नेछन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान सम्पन्न गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा सभापति पदका लागि एक जना र केन्द्रीय सदस्यका ९९ पदका लागि मतदान हुनेछ ।
पहिलो चरणबाट निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गरिनेछ ।
निर्वाचन कार्यतालिकाअनुसार असार ८ गते दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ । सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने तयारी गरिएको आयोगको भनाइ रहेको छ । पहिलो चरणको निर्वाचन सकिएपछि असार ९ गते पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन हुनेछ ।
महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। विदेशमा रहेका र महाधिवेशनमा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि पार्टीले आफ्नै मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाएको छ । विदेशस्थित १७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले एपमार्फत मतदान गर्न सक्नेछन् ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित १० सदस्य रहेका छन् । निर्वाचन आयोगका पदाधिकारीले उम्मेदवारी दिन नपाउने भए पनि मतदान गर्न भने पाउने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





