काठमाडौँ । प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ । शुक्रबार सभामुख डोलप्रसाद अर्यालले संसद्को अर्को बैठक आगामी असार ११ गते बस्ने जानकारी गराएका हुन् ।
हाल सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार ७ गतेदेखि चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा सहभागी हुन पार्टीका सांसदहरू चितवन जाने भएकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको जनाइएको छ ।
प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइको संख्यामा सांसद रहेका छन् । पार्टीको प्रमुख राजनीतिक कार्यक्रमसँग सांसदहरूको सहभागिता जोडिएकाले संसद् बैठकलाई केही दिनपछि सारिएको हो ।
संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा भने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







