काठमाडौँ । प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ । शुक्रबार सभामुख डोलप्रसाद अर्यालले संसद्को अर्को बैठक आगामी असार ११ गते बस्ने जानकारी गराएका हुन् ।
हाल सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार ७ गतेदेखि चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा सहभागी हुन पार्टीका सांसदहरू चितवन जाने भएकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको जनाइएको छ ।
प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइको संख्यामा सांसद रहेका छन् । पार्टीको प्रमुख राजनीतिक कार्यक्रमसँग सांसदहरूको सहभागिता जोडिएकाले संसद् बैठकलाई केही दिनपछि सारिएको हो ।
संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा भने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





