काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराधसम्बन्धी अभियोग सबै सम्बन्धित अदालतबाट फिर्ता भएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो ।
यसअघि रुपन्देही, पर्सा र कास्की जिल्ला अदालतबाट पनि सोही प्रकृतिका अभियोग फिर्ता लिने आदेश जारी भइसकेका थिए ।
कास्की जिल्ला अदालतमा दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत फिर्ता भइसकेको जनाइएको छ । यद्यपि, विभिन्न अदालतमा रहेका सहकारी ठगीसम्बन्धी मुद्दाहरू भने यथावत् रहनेछन् ।
अदालतका पछिल्ला आदेशसँगै रवि लामिछानेसहित जीबी राईलगायत अन्य प्रतिवादीमाथि सहकारी ठगीबाहेक लगाइएका संगठित अपराध तथा अन्य अभियोगहरू फिर्ता भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





