काठमाडौं । अमेरिका र इरानबीच युद्धविरामको घोषणा भएपछि इजरायल र लेबनानी समूह हिजबुल्लाबीच पनि अस्थायी रूपमा युद्धविराम भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा दर्जनौँ मानिसको ज्यान गएको थियो । उक्त घटनापछि दुवै पक्षबीच युद्धविरामको सहमति बनेको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यसअघि हिजबुल्लाको आक्रमणमा चार इजरायली सैनिक मारिएका थिए । त्यसपछि क्षेत्रीय तनाव थप चुलिएको थियो ।
इजरायली पक्षले युद्धविरामलाई सकारात्मक रूपमा लिँदै संवादको माध्यमबाट बाँकी विवाद समाधान गर्ने संकेत गरेको छ । तर हिजबुल्लाले भने समाचार तयार पार्दासम्म यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
यता, अमेरिकाले युद्ध रोक्न इजरायलमाथि दबाब बढाइरहेका बेला इजरायलका केही कट्टरपन्थी नेताहरूले भने आक्रामक अभिव्यक्ति दिइरहेका छन् । राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन गाभिरले सार्वजनिक रूपमा कडा टिप्पणी गरेका छन्, जसले युद्धविरामपछि पनि क्षेत्रीय तनाव पूर्ण रूपमा नघटेको संकेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






