काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । चिडियाखानाको व्यवस्थापन हेर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यहाँ सर्वसाधारणको अवलोकनका लागि राखिएका पन्छीहरुमा बर्डफ्लु संक्रमण देखिएको भन्दै तत्कालका लागि बन्द गरेको हो ।
कोषले सर्वसाधारणको स्वास्थ्य सुरक्षा र संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै अवलोकनमा रोक लगाएको जानकारी सूचना मार्फत दिएको छ । अर्को सूचना नआएसम्मका लागि चिडियाखाना बन्द गरिएको कोषको भनाइ रहेको छ ।
चिडियाखानाभित्र रहेका जीवजन्तुमा बर्डफ्लु देखिएपछि त्यहाँको अवस्था जोखिमपूर्ण बनेको छ । बर्डफ्लु विशेषगरी पन्छीहरूमा लाग्ने अति संक्रामक रोग हो । यसले चिडियाखानामा रहेका अन्य दुर्लभ पन्छी तथा जनावरहरूलाई समेत गम्भीर असर गर्न सक्ने र मानिसमा पनि संक्रमण सर्न सक्ने उच्च जोखिम रहन्छ । यही जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि चिडियाखाना सिल गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भोटेकोसी बाढीमा बेपत्ता ७३४ जनाको शव फेला, कुन जिल्लामा कति ?
- चीनबाट दुई वाई–२० विमानमा राहत सामग्री र सुरुङ उद्धार विज्ञ नेपाल आए
- हिल्सा नाकाबाट फर्किने कैलाश मानसरोवर तीर्थयात्रीलाई पदयात्रा दस्तुर मिनाहा
- भोटेकोसीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाको भनाइ
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय


ट्रेन्डिङ
खबरमुकाम






