काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ साधारण सभालाई सम्बोधन गर्दै उनले नाट्टालाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्दै पर्यटन विकास र व्यवसायीको हितमा केन्द्रित हुन आग्रह गरे ।
अर्यालले पर्यटकका लागि सुरक्षा, राम्रो व्यवहार, सेवा र सुविधालाई प्राथमिकता दिनुपर्ने बताए । काठमाडौंमा व्यवस्थित पर्यटक बसपार्क निर्माण, पर्यटनसम्बन्धी कानुन दीर्घकालीन सोचका साथ बनाउनुपर्ने तथा नेपाल वायुसेवा निगममा संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाली र विदेशी पर्यटकबीच सेवामा विभेद गर्न नहुनेमा जोड दिँदै उनले राष्ट्रिय हितलाई प्राथमिकता दिन व्यवसायी र सरकारबीच सहकार्य आवश्यक रहेको बताए । साथै, सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्न सरकार असफल हुने छुट नरहेको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






