काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक अमेरिकाले प्रभावशाली प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ । नेपाली समयअनुसार शनिबार बिहान सम्पन्न खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
लस एन्जलसमा भएको प्रतिस्पर्धामा अमेरिकाले खेलको सातौँ मिनेटमै अग्रता बनाएको थियो । पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाबाट आत्मघाती गोल भएपछि घरेलु टोली अघि बढेको थियो ।
अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनले ३१औँ मिनेटमा गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए । उनले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै टोलीलाई ३–० को बलियो स्थितिमा पुर्याए ।
दोस्रो हाफमा पाराग्वेका माउरिसिओले ७३औँ मिनेटमा गोल फर्काउँदै अन्तर घटाउने प्रयास गरे पनि त्यसले खेलको नतिजा बदल्न सकेन । खेलको अन्तिमतिर अतिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले अर्को गोल थपेपछि घरेलु टोलीको जित सुनिश्चित भयो ।
यससँगै आयोजक अमेरिकाले विश्वकप अभियान तीन अंकसहित सुरु गरेको छ भने पाराग्वे पहिलो खेलमै निराश बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)



ट्रेन्डिङ
खबरमुकाम






