भविषकुमार श्रेष्ठ
सहसंयोजक, कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशन समिति
वरिष्ठ उपाध्यक्ष, होटल व्यवसायी महासङ्घ कोशी प्रदेश
नेपालको सबैभन्दा होचो ठाउँ केचनाकवचदेखि कञ्चनजङ्घा हिमालको फेदी पाथिभरा मातासम्मको एउटा प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ । लालीगुराँसको राजधानी तीनजुरे, रूद्राक्षको राजधानी सिद्धकाली, दन्तकाली, शिवधारा, अर्जुनधाराजस्ता धार्मिक स्थललाई प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ । भेडेटार, कन्यामजस्ता प्राकृतिक स्थललाई जोडेर पनि प्याकेज बनाउन सकिन्छ । सगरमाथा करिडोर हो- जहाँ उदयपुर, पातले, सोलुजस्ता ठाउँ छन् । जुन कोशी प्रदेश पर्यटन वर्ष २०८२ ले आफ्नो आइटेनरीमा राखिसकेको छ ।
साथै कोशी प्रदेशमा अहिले कोशी प्रदेशमा पर्यटकीय स्तरीय होटलदेखि लिएर पाँचतारे होटलसम्म ७ सयको हाराहारीमा छन् । २ हजार जति गेस्ट हाउस र लज छन् अनि होमस्टे छन् । झन्डै झन्डै एक दिनमा स्तरीय होटल तथा स्टार होटलले १५ देखि २५ हजारसम्म पर्यटक राम्रोसँग राख्न सक्ने क्षमता छ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा कोशी प्रदेश घुम्न आउने पर्यटकलाई दिइने स्तरीय हस्पिटालिटी सेवा र मुख्य पर्यटकीय आइटिनेरीको विषयमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक तथा होटल व्यवसायी महासङ्घ, कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भविषकुमार श्रेष्ठसँग मुकामका लागि रञ्जिता अधिकारीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

यति ठूलो पर्यटकीय सम्भावना भएको कोशी प्रदेशमा तारे होटलहरू अत्यन्तै कम छन् । नयाँ र ठूला तारे होटल खोल्न के कुराले अवरोध सिर्जना गरेको छ ?
काठमाडौँबाहेक सबैभन्दा धेरै तारे होटल कोशी प्रदेशमा नै छन् । अहिले पनि हामीसँग पाँचवटा तारे होटल सञ्चालनमा छन् । त्यति अरू कुनै प्रदेशमा छैनन् । तीनवटा तारे होटल विराटनगरमै छन् । दुईवटा इटहरीमा छन् । तीनवटा झापामा सुरू भइसकेका छन् । त्यसकारण बाग्मतीपछिको तारे होटल धेरै हुने प्रदेश भनेको कोशी प्रदेश हो । त्यस्तै हामीसँग पर्यटक स्तरीय होटल पनि धेरै छन् । पर्यटक स्तरीय होटलदेखि लिएर तारे होटलसम्म कोशी प्रदेशमा प्रशस्त छन् र खुल्ने क्रम पनि जारी छ । यद्यपि यति भनिरहँदा हाम्रा प्रदेशमा यी खोलेका होटल सञ्चालन गर्नको लागि के सुविधा दिने, पर्यटक कसरी ल्याउने तथा अन्य होटल रिसोर्टलाई कसरी सञ्चालनमा ल्याउने भन्ने चुनौती छ । हामीले त्यसको सामना गरिरहेका छौँ ।
हामी चुनौतीका बाबजुद पनि कसरी अगाडि बढ्ने रु भनेर यसै पर्यटन वर्ष २०८२ का विषयमा छलफल गरिरहेका छौँ । सरकारले घोषणा गरेका पर्यटन वर्ष सफल पार्ने कुरामा तथा खुलेका होटलमा बाह्य पर्यटक तथा देशका अन्य प्रदेशबाट आएका पर्यटकलाई कमभन्दा कम मूल्यमा कसरी राख्न सकिन्छ भन्ने कुरामा छलफल गरिरहेका छौँ ।

कोशी प्रदेशका पहाडी जिल्लाका सदरमुकाम पर्यटकीय हिसाबले खासमा स्टे(स्टेसन हुन् । त्यहाँको हस्पिटालिटी सेवा कस्तो छ ?
हाम्रो यस प्रदेशभित्र १४ वटा जिल्ला पर्दछन् । जिल्लाका सदरमुकाममा प्रायः राम्रो हस्पिटालिटी सेवा प्रदान गर्न सक्ने होटल छन् । राम्रा होटलहरू छन् र धेरै गाउँहरू जहाँ पर्यटकीय गन्तव्य छन्, त्यहाँ पनि होटल र होमस्टेको व्यवस्था छ । यद्यपि त्यहाँका होटल, होमस्टेलाई अझ व्यवस्थित गराउनुपर्नेछ । त्यसकारण यस्ता ठाउँमा हाम्रो निजी क्षेत्रले सरकारसँग मिलेर विभिन्न तालिम सञ्चालन गरिरहेका छौँ ।
यी ठाउँहरूको हस्पिटालिटी सेवालाई अझै बढाउनका लागि, उत्कृष्ट बनाउनका लागि त्यहाँका होटल ट्राभल एजेन्सीका कर्मचारी र मालिकलाई तालिम जरूरी छ । त्यसकारण हामीले सरकार तथा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा यस्ता तालिम निरन्त गरिरहेका छौँ ।

कोशी प्रदेशमा पर्यटन उद्योगमा युवाहरूको सहभागिता अर्थात् युवा सशक्तीकरणका लागि पर्यटन क्षेत्रमा के कस्ता पहल भएका छन् ?
हरेक क्षेत्रका देशका युवाहरू पलायन भइरहेका छन् । सत्य कुरा भन्नुपर्दा सरकारको नीतिगत निर्णय एकदम अप्ठ्यारो छ । हामीले कुनै पनि व्यवसाय सञ्चालन गर्नुपर्यो भने एकदम झन्झटिलो अवस्था छ । चाहे त्यो होटलमा होस् या अन्य क्षेत्रमा होस् । नियम उपनियमहरू एकदम अप्ठ्यारा भएको हुनाले निजी क्षेत्रका युवा व्यवसायीलाई आकर्षित गर्न एकदमै कठीन छ ।
पुर्ख्यौली व्यवसाय छ भने त्यसलाई धान्ने तर नयाँ व्यसाय सञ्चालन गर्न हिम्मत नगर्ने चुनौती छ । विदेशबाट फर्किएर आएका केही युवा यस क्षेत्रमा लागेका त छन् तर भोलि तिनले त्यो व्यवसाय टिकाइरहन नसक्ने हुन् कि भन्ने भय छ । त्यसकारण निजी क्षेत्रका पर्यटन व्यवसायमा युवाहरूको आकर्षण एकदम कम छ । सरकारका नियम अप्ठ्यारा हुनु र सहजरूपमा ग्रामीण क्षेत्रमा बैङ्किङ सुविधाको पहुँच नहुनु यसका मुख्य समस्या हुन् । हामीले युवाहरूलाई यहीँ स्वरोजगारको अवस्था छ भन्दा पनि खोलुञ्जेलदेखि चलाउने अवस्थासम्म पुग्दा कानुनी प्रक्रियाले धेरै बाधा सिर्जना गर्छ । पर्यटन व्यवसायमा युवाहरूलाई आकर्षण गर्न सकिरहेका छैनौँ ।

कोशी प्रदेश भ्रमण वर्षमा आउने पर्यटकलाई होटलहरूले दिने केही विशेष सेवा सुविधा वा छुटबारे केही गृहकार्य भएको छ ?
निजी क्षेत्रले होटल व्यवसायमा दिने छुट, त्यसमा गर्ने प्याकेज, आइटिनेरी र हामीले कति छुट दिने भन्ने कुराहरू निजी क्षेत्रसँग बसेर सहकार्य भइरहेको छ । त्यसलाई हामी वैशाखपछि गर्छौं । यस विषयमा छलफल भइरहेको छ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा कोशी प्रदेशका होटलले कति पर्यटक धान्न सक्छन् ?
हामीसँग अहिले कोशी प्रदेशमा पर्यटकीय स्तरीय होटलदेखि लिएर पाँचतारे होटलसम्म ७ सयको हाराहारीमा छन् । अझ त्योभन्दा ज्यादै नै छन् । २ हजार जति गेस्टहाउस र लज छन् । होमस्टे छन् । झन्डै झन्डै एक दिनमा स्तरीय होटल तथा स्टार होटलले १५ देखि २५ हजारसम्म पर्यटक राम्रोसँग राख्न सक्छ । त्यसकारण यो भ्रमण वर्षमा कोशी प्रदेश घुम्न आउने पर्यटकलाई स्तरीय हस्पिटालिटी सेवा दिएर राख्न सक्छौँ ।

तपाईं कोशी प्रदेश पर्यटन वर्ष २०८२ को संयोजक हुनुहुन्छ । पर्यटक आकर्षित गर्ने कोशी प्रदेशको पर्यटकीय आइटिनेरीलाई तीन चार दिनको प्याकेज बनाउँदा कुन कुन ठाउँ घुम्ने सुझाव दिनुहुन्छ ?
मुख्यतः हामी हाम्रो प्रदेशका सबै ठाउँ घुम्नुपर्छ भन्छौँ । तर हामीले आइटिनेरी बनाउँदा हाम्रा पाँचवटा करिडोर मेची करिडोर, कोशी करिडोर, सगरमाथा करिडोर, हिमालयन करिडोर ९जुन सोलुखुम्बु सगरमाथा क्षेत्रमा पर्छ० र महेन्द्र राजमार्ग करिडोर भनेर विभाजन गरेका छौँ । यी पाँचवटा करिडोरले सजिएको छ हाम्रो कोशी प्रदेश । हामीले यिनै करिडोरको हिसाबले प्याकेजहरू बनाएका छौँ ।
हाम्रो नेपालको सबैभन्दा होचो ठाउँ केतनाकवचदेखि कञ्चनजङ्गा हिमालको फेदी पाथिभरा मातासम्मको प्याकेज बनाएका छौँ । भारत क्षेत्रदेखि लिएर मकालु वरूणको बेस क्याम्पसम्मका प्याकेज छन् । यसको बीचमा हाम्रो धेरै पर्यटकीय स्थल पर्दछन् । लालीगुराँसको राजधानी तीनजुरे, रूद्राक्षको राजधानी सिद्धकाली, दन्तकाली, शिवधारा, अर्जुनधाराजस्ता धार्मिक स्थल भेडेटार, कन्याम जस्ता प्राकृतिक स्थललाई पनि जोडेका छौँ । अर्कोचाहिँ सगरमाथा करिडोर हो, जहाँ उदयपुर, पताले, सोलुजस्ता ठाउँ छन् । जुन हामीले आइटेनरीमा राखेका छौँ । हामीले यी यी ठाउँहरू घुमाउँछौँ भन्नुभन्दा पनि मुख्य मुख्य स्थलहरूलाई आइटिनेरीमा राखेर अन्य बीचमा पर्ने ठाउँमा पनि घुमाउँछौँ । त्यो हामी बनाउँदैछौँ( केही मात्रामा पहिले नै बनिसकेको पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







