कोशी प्रदेशभरि साना, ठूला, मझौला होटल, लज, रिसोर्ट, रेस्टुरेन्ट गरी जम्मा २५ सय छन् भन्ने तथ्याङ्क नेपाल सरकारले सार्वजनिक गरेको छ । त्यसमा दैनिक ३५ हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता छ । पहाडी क्षेत्रमा पनि आउने पर्यटकको लागि अतिथि सत्कार तथा पाहुनालाई सेवा दिन सक्ने धेरै होटल छन् । ती होटलका मेनुहरूमा कुनै न कुनै नेपाली रैथाने खानाका परिकारहरू राख्नुपर्छ भन्ने आवाज उठिरहेको छ । यसै विषयमा मुकामको कोशी प्रदेश पर्यटन वर्ष २०८२ विशेषाङ्कमा होटल व्यवसायी महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजन दङ्गालसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा आउने अतिथिलाई सत्कार गर्न यहाँको हस्पिटालिटी सेवा कत्तिको तयार छ ?
पहिलो कुरा त हामी यही क्षेत्रमा लागेर काम गरेको धेरै वर्ष भइसक्यो । यो हाम्रो व्यवसायको धर्म भनेकै अतिथि सत्कार हो । हामी अहिले जुन हिसाबले कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ घोषणा गरेको छ । सो अवसरलाई सम्पूर्ण होटल व्यवसायीहरू आआफ्नो तवरले सेवा सुविधा दिन बहुतै आतुर छौँ ।

कोशी प्रदेशका पहाडी जिल्लाका सदरमुकामहरूको हस्पिटालिटी सेवा कस्तो छ ?
अहिले आएर विभिन्न पहाडी जिल्लाहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्नुभएको छ । पहाडी जिल्लाहरूमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, लजहरू धेरै मात्रामा खुलेका छन् र खुल्ने अवस्थामा पनि छन् । त्यसकारण पहाडी क्षेत्रमा पनि आउने पर्यटकको लागि अतिथि सत्कार तथा पाहुनालाई दिन सक्ने हामीसँग धेरै होटल छन् ।
कोशी प्रदेशमा पर्यटन उद्योगमा युवाहरूको सहभागिता अर्थात् युवा सशक्तिकरणका लागि पर्यटन क्षेत्रमा के कस्ता पहल भएका छन् ?
अहिले आएर विभिन्न देशबाट फर्किएका युवाहरूले्र यस क्षेत्रमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, लज आदिमा ठूलो लगानी गर्नुभएको छ । विशेषगरी युवाहरूको नै यो क्षेत्रमा ल्याउनका लागि प्रदेश सरकारले विभिन्न किसिमका तालिम गोष्ठी सेमिनारहरू सञ्चालन गरिरहेको छ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा कोशी प्रदेशका होटलले दैनिक कति पर्यटक धान्न सक्छन् ?
कोशी प्रदेशभरि साना, ठूला, मझौला होटल, लज, रिसोर्ट, रेस्टुरेन्ट गरी जम्मा २५ सय छन् भन्ने तथ्याङ्क नेपाल सरकारले सार्वजनिक गरेको छ । ती २५ सयभन्दा बढी होटलमा हामी दैनिक ३५ हजार पर्यटकलाई सेवा दिन सक्छौँ ।
तपाईं कोशी प्रदेशको होटल व्यवसायी महासङ्घको अध्यक्ष हुनुहुन्छ । पाहुनालाई दिनुपर्ने छुट सुविधा, मौलिक खानपान र रैथाने स्वाद चखाउने व्यवस्था आदि कुरामा कस्तो तयारी गर्दै हुनुहुन्छ ?

हो हामीले अब हाम्रो होटलका मेनुहरूमा कुनै न कुनै नेपाली रैथाने खानाका परिकारहरू राख्नुपर्छ भनेर अभियान चलाएका छौँ । सोको लागि रैथाने खानाका परिकार बनाउने तालिम आदिके व्यवस्था मिलाएका छौँ । रहेका होटल वर्ष २०८२ मा हामीहरूले विभिन्न क्षेत्रमा आउने विदेशी पर्यटकहरूलाई विभिन्न किसिमका खाना रैथाने खाना र होटलमा १५ प्रतिशत छुट दिने घोषणा गरिसकेका छौँ । (यो अन्तर्वार्ता मुकामको कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा प्रकाशित छ।)
(दङ्गाल होटल व्यवसायी महासङ्घ कोशी प्रदेशका अध्यक्ष हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बझाङमा जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, १० जना घाइते
- आत्मदाहको प्रयास गरेका व्यवसायी राउतको पनि निधन
- शंकराचार्यको उपस्थितिमा भोलि लेटाङमा माँ कालीको प्राणप्रतिष्ठा समारोह हुँदै
- गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारविरुद्ध युवाहरुको प्रदर्शन
- आफूले जे बोल्दा पनि ठीक, जनताले बोल्दाचाँहि किन बेठीक, बालेन सरकार ?
- विवादित अभिव्यक्तिपछि मन्त्री पुनको यू–टर्न, अन्तर्वार्तामा एक वर्षको विराम
- नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु
- इरानसँग डराए डोनाल्ड ट्रम्प, आफ्नो हत्या गर्न लागेको दाबी

ट्रेन्डिङ
खबरमुकाम






