दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ मा नेपाल प्रहरीलाई दुई वटा पदक

काठमाडौं । काठमाडौंमा सम्पन्न दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ मा नेपाल प्रहरीले २ वटा पदक हासिल गर्न सफल भएको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सवको अवसरमा शनिबार सञ्चालित उक्त प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट राजपुरा प्रसाईले हाफ म्याराथनमा १ घण्टा १९ मिनेट ० सेकण्ड ७९ पल्समा दौड पूरा गरी स्वर्ण पदक हासिल गरेकी हुन् ।

यसैगरी राममाया बुढाले हाफ म्याराथनमा १ घण्टा २३ मिनेट १० सेकेण्डमा दौड पूरा गरी रजत पदक हासिल गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै