काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ । जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो ।
कर्णालीका लागि गौरी बोहराले २२ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाइन् । त्यस्तै, यमुना थारुले २९ बलमा ४ चौकासहित २१ रन बनाइन् । अञ्जु गुरुङ ६ बलमा ३ चौकासहित १३ र रश्मी खड्का ११ रनमा नट आउट रहिन् । तृर्सना विश्वकर्माले ८, कप्तान किरण कुँवरले २ र बीना थापा ४ रनमा आउट भइन् ।
लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान दुई/दुई विकेट लिए भने शर्मिला रोका र चमेली चौधरीले समान एक/एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।
लुम्बिनी प्रदेशकी कप्तान सरस्वती गङ्गा मगरले ६२ बलमा ७ चौकासहित ५३ रन बनाइन् । चमेली चौधरीले २२ बलमा २ चौकासहित १८ रन बनाइन् । सरस्वती पुनले ३ र मधु डिसीले २ रन बनाए । कर्णालीका लागि यमुना थारु, रश्मी खड्का र तृर्सना विश्वकर्माले समान एक/एक विकेट लिए ।
लुम्बिनीको यो दोस्रो जित हो । लुम्बिनीले पहिलो खेलमा गण्डकीलाई ४ विकेटले हराएको थियो । यता कर्णालीको यो लगातार चौथो हार हो । कर्णाली यसअघि कोशीसँग १० विकेट, गण्डकीसँग ४४ रन र सुदूरपश्चिमसँग ८१ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ट्रेन्डिङ
खबरमुकाम







