सुर्खेत । एक वर्षपछि कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरुलाई ५ हजार रुपैयाँ दिइने भएको छ । प्रदेश खेलकुद विकास परिषद्को १५ औं बोर्ड बैठकले प्रतियोगिताको लागि प्रदेशबाट छनोट भएका खेलाडीहरुलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले प्रतियोगितामा कर्णालीले दुई अंकको लक्ष्य अर्थात ‘९९’ को टाग्रेट मिट गर्ने गरी तयारी थालेको बताए । बाग्मती प्रदेशले फागुन १५ बाट आयोजना गर्ने अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णालीबाट छनोट भएका खेलाडीहरुलाई नै १० औँ राष्ट्रिय खेलुकद प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा राख्ने गरी परिषद्ले तयारी थालेको पनि उनले बताए ।
मासिक ५ हजार दिने निर्णयले खेलाडीहरुमा उत्साह थपिएको छ । राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गरेर पनि खेल मैदानको अभाव झेलिरहेको कर्णालीमा अब एक स्थानीय तह एक क्रिकेट तालिम सेन्टरको स्थापना हुने भएको छ ।
परिषदको १५ औँ बोर्ड बैठकले क्रिकेट खेलको दिर्घकालिन योजनाको रुपमा स्थानीय तहको साझेदारीमा एक स्थानीय तह एक क्रिकेट तालिम सेन्टरको स्थापना गर्ने दिर्घकालिन योजना पास गरेको छ ।
प्रदेश राजधानी शहर वीरेन्द्रनगरमा भने कालिञ्चोक स्थित क्रिकेट मैदान र निर्माणाधिन प्रदेश रंगशालाको उत्तरपट्टिको भागमा क्रिकेट रंगशाला निर्माण थालेको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले प्रदेश सरकारले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि कुनै कुराको अभाव हुन नदिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







