सुर्खेत । एक वर्षपछि कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरुलाई ५ हजार रुपैयाँ दिइने भएको छ । प्रदेश खेलकुद विकास परिषद्को १५ औं बोर्ड बैठकले प्रतियोगिताको लागि प्रदेशबाट छनोट भएका खेलाडीहरुलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले प्रतियोगितामा कर्णालीले दुई अंकको लक्ष्य अर्थात ‘९९’ को टाग्रेट मिट गर्ने गरी तयारी थालेको बताए । बाग्मती प्रदेशले फागुन १५ बाट आयोजना गर्ने अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णालीबाट छनोट भएका खेलाडीहरुलाई नै १० औँ राष्ट्रिय खेलुकद प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा राख्ने गरी परिषद्ले तयारी थालेको पनि उनले बताए ।
मासिक ५ हजार दिने निर्णयले खेलाडीहरुमा उत्साह थपिएको छ । राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गरेर पनि खेल मैदानको अभाव झेलिरहेको कर्णालीमा अब एक स्थानीय तह एक क्रिकेट तालिम सेन्टरको स्थापना हुने भएको छ ।
परिषदको १५ औँ बोर्ड बैठकले क्रिकेट खेलको दिर्घकालिन योजनाको रुपमा स्थानीय तहको साझेदारीमा एक स्थानीय तह एक क्रिकेट तालिम सेन्टरको स्थापना गर्ने दिर्घकालिन योजना पास गरेको छ ।
प्रदेश राजधानी शहर वीरेन्द्रनगरमा भने कालिञ्चोक स्थित क्रिकेट मैदान र निर्माणाधिन प्रदेश रंगशालाको उत्तरपट्टिको भागमा क्रिकेट रंगशाला निर्माण थालेको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले प्रदेश सरकारले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि कुनै कुराको अभाव हुन नदिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- 'नमूना लन्डन ब्रिज' दर्शकको आकर्षण
- विराट एक्स्पोमा विदेशी स्टलदेखि ‘फिस टनेल’सम्म आकर्षण
- नटेक अलायन्स नेपाल नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने घोषणा
- नेपाल लाइफको बोनस दर सार्वजनिकः विषम परिस्थितिमा पनि बोनस दर स्थिर राख्न सफल
- दराजद्वारा बृहत बचत तथा आकर्षक उपहारसहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा
- विश्व प्रसिद्ध क्यामेल ब्रान्डका लिथियम आयोन ब्याट्री भित्र्याउँदै सत्यदिप इन्टरनेसनल
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- इलाममा सन नेपाल लाइफको हरित योगदान- एक हजार बिरुवासहित अभियान (फोटो फिचर)


ट्रेन्डिङ
खबरमुकाम









