सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।
तर, विश्वासको मत लिनुअघि नै सत्ता साझेदार दलहरूबीच खटपट देखिएको छ । मन्त्रालय बाँडफाँटको विषयमा नेकपा र एमालेबीच सहमति हुन नसक्दा सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । हाल मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा उनी एक्लै छन् ।
एमालेसँग मन्त्रालय बाँडफाँटबारे छलफल टुंगोमा नपुग्दै मुख्यमन्त्रीले विश्वासको मतको प्रक्रिया अघि बढाएको भन्दै एमालेभित्र असन्तुष्टि देखिएको छ ।
एमालेका एक नेताका अनुसार मन्त्रालय बाँडफाँटमा सहमति नहुँदै विश्वासको मतको प्रक्रिया अघि बढाइएकाले सत्ता गठबन्धनभित्र अविश्वास बढेको छ । एमालेले साथ नदिए पनि कांग्रेसको समर्थनमा सरकार अघि बढाउन सकिने सोच मुख्यमन्त्रीमा रहेको हुनसक्ने भन्दै एमालेले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २१ सांसदको समर्थन आवश्यक हुन्छ । सत्ता साझेदार नेकपा र एमालेसँग २४ सांसद रहेकाले सामान्य अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने देखिन्छ ।
यद्यपि, एमालेभित्र देखिएको असन्तुष्टिका कारण विश्वासको मतअघि नै कर्णालीको राजनीति नयाँ मोडमा जान सक्ने सम्भावना बढेको छ ।
मुख्यमन्त्री शाहीले भने विश्वासको मत लिएपछि दुई दलबीच सहमति गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन

ट्रेन्डिङ
तुलसी बाँस्कोटा






