काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले)बीच मन्त्रालय बाँडफाँटमा सहमति भएको छ । मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि दुई दलबीच मन्त्रालय भागबण्डामा सहमति भएको हो ।
शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय पाउने भएको छ भने एमालेले तीन मन्त्रालय पाउनेछ । मुख्यमन्त्री शाही र एमाले संसदीय दलका नेता यामलाल कँडेलले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार नेकपाले भौतिक पूर्वाधार, भूमि तथा उद्योग मन्त्रालयको जिम्मेवारी लिनेछ भने एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा मन्त्रालय सम्हाल्नेछ ।
संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार शाहीले आज विश्वासको मत लिन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल
- राप्रपाको केन्द्र र प्रदेश समितिबीच द्वन्द, बागमती सरकार नबन्दै धरापमा
- सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
- रास्वपाका मन्त्री र सांसदलाई संयमित हुन सभापति लामिछानेको निर्देशन
- कर्णालीमा नेकपा–एमालेबीच मन्त्रालय बाँडफाँट
- डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी
- सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
- एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


ट्रेन्डिङ
खबरमुकाम






