सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार शाहीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
शाहीले मंगलबार नै नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । एमाले र नेकपाबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने उल्लेख छ । सोही सहमतिअनुसार नेकपा संसदीय दलका नेताले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १३ र एमालेका १० सांसद छन्। सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ । त्यस्तै, प्रदेशसभामा नेपाली कांग्रेसका १५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक र एक जना स्वतन्त्र सांसद छन् ।
यसअघि नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कँडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





