भोटेकोशीमा आकस्मिक बाढी, स्याफ्रुबेँसीसहितका क्षेत्रमा सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक पानीको बहाव अत्यधिक बढेपछि आसपासका बस्ती र बजार क्षेत्रमा सतर्कता अपनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार, बिहान करिब ९ः१५ बजे नदीमा ठूलो बाढी आएको सूचना प्राप्त भएको थियो । बाढीको असर स्याफ्रुबेँसीलगायतका बजार क्षेत्रमा परेको प्रारम्भिक जानकारी छ ।

टिमुरे र स्याफ्रुबेँसी आसपासमा भीषण वर्षापछि नदीको सतह बढेको बताइएको छ । प्रभावित क्षेत्रमा खोज, उद्धार तथा क्षति मूल्यांकनका कामका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

बाढीको प्रभाव तलतिर नुवाकोट र धादिङ हुँदै त्रिशूली नदी आसपासका क्षेत्रमा पनि पर्न सक्ने सम्भावना रहेकाले धादिङ प्रशासनले नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

क्षतिको पूर्ण विवरण र प्रभावित क्षेत्रको यकिन जानकारी आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै