काठमाडौं । एमएडब्लू वृद्धिले नामी भिगो ई२मा दिएको दुई लाख रुपैयाँको विशेष छुट समाप्त भएको जनाएको छ । अब उक्त गाडीको बुकिङ ३७ लाख ९९ हजार रुपैयाँको आधिकारिक मूल्यमा हुने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै गाडीप्रति उत्साहजनक प्रतिक्रिया र उच्च बुकिङ प्राप्त भएपछि विशेष अफर समाप्त गरिएको कम्पनीको भनाइ छ । नामी भिगो ई२ आधुनिक डिजाइन, आकर्षक फिचर र प्रिमियम अनुभवका कारण उपभोक्ताको रोजाइमा परेको कम्पनीले जनाएको छ । यस मोडलमा नामी ई२ प्लसका लोकप्रिय फिचरलाई थप परिष्कृत गरिएको छ भने मुनरुफबिनाको नयाँ कन्फिगरेसन उपलब्ध छ ।
कम्पनीका अनुसार, सार्वजनिक भएको छ दिनभित्रै चाडपर्वका लागि बिक्री गर्न सकिने संख्याभन्दा बढी बुकिङ प्राप्त भएको थियो । एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्तले उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै सीमित अवधिको विशेष अफर अन्त्य गर्नुपरेको बताएका छन् ।
उनले ग्राहकको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकता र अपेक्षाअनुसार प्रतिस्पर्धी उत्पादन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





