काठमाडौं । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नाडा अटो शो २०२६ मा नयाँ जेनेरेसन स्कोडा कोडियाक सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आयोजित अटो शोमा कम्पनीले ‘रियल लक्जरी, एज इट सुड बी’ नारासहित सात सिटे लक्जरी एसयूभी सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार, नयाँ कोडियाकमा चेक डिजाइन र फक्सवागन ग्रुपको इन्जिनियरिङ संयोजन गरिएको छ । यसमा लामो यात्राका लागि एर्गो सिट्स, म्याट्रिक्स एलईडी हेडलाइट्स तथा स्मार्ट डायल्सजस्ता फिचर समावेश छन् ।
स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ कोडियाकमार्फत नेपालमा इमानदार, परिष्कृत र अनावश्यक तडकभडकविहीन युरोपेली लक्जरीको अवधारणा प्रस्तुत गरिएको बताएका छन् ।
नयाँ जेनेरेसन कोडियाक लाउन्ज, स्पोर्टलाइन र सिलेक्सन एल एन्ड के गरी तीन भेरियन्टमा उपलब्ध छ । लाउन्जको मूल्य २ करोड १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने स्पोर्टलाइन र सिलेक्सन एल एन्ड के दुवैको मूल्य २ करोड ३९ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
कोडियाक अगस्ट २५ देखि ३० सम्म भृकुटीमण्डपमा जारी नाडा अटो शोको स्कोडा पेभिलियनमा अवलोकनका लागि राखिएको छ । देशभरका आधिकारिक स्कोडा नेपाल शोरुमबाट यसको बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक
- मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ
- स्कोडाले नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक गर्यो
- ईद मिलादुन्नबीमा सार्वजनिक बिदा पुनः कायम गर्न समाजवादी पार्टीको माग
- नामी भिगो ई२को दुई लाख रुपैयाँ छुट सकियो, बुकिङ अब एमआरपीमै
- डिएलए महासचिवमा रविन्द्र प्रधानको उम्मेदवारी, देश दौडाहा तीव्र



ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
