काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठबीच मंगलबार भेटवार्ता हुने भएको छ । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भेटवार्ताको तयारी गरिएको हो ।
चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका सेनाध्यक्ष सेठ भेटवार्तापछि बुधबार स्वदेश फर्किने कार्यक्रम छ । यसअघि सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए ।
नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा रहँदै आएको छ । सोमबार नै सेनाध्यक्ष सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरी शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
उनले सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक सम्मान गारत निरीक्षण गर्नुका साथै परिसरमा वृक्षारोपण र नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरणसमेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय स्थल सेनाध्यक्ष धीरज सेठबीच भेटवार्ता
- सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८३ भव्यताका साथ सम्पन्न
- पाटा नेपाल च्याप्टर 'पाटा एक्सिलेन्स अवार्ड २०२६' द्वारा सम्मानित
- रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
- रास्वपा कार्यालय पुगेका लैङ्गिक अल्पसंख्यकको गुनासो, संसदमा समुदायको विषय किन उठेन ?
- क्यानडाबाट नेपाली हिपहपको नयाँ स्वाद, भिडियोमा हट देखीइन इभा गिरी
- नेपाल इन्जिनियरिङ कलेज छात्रवृत्ति परीक्षामा पनि विद्यार्थीको घुईचो
- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय स्थल सेनाध्यक्ष धीरज सेठबीच आज भेटवार्ता


ट्रेन्डिङ
खबरमुकाम







.jpeg)