काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठबीच मंगलबार भेटवार्ता हुने भएको छ । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भेटवार्ताको तयारी गरिएको हो ।
चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका सेनाध्यक्ष सेठ भेटवार्तापछि बुधबार स्वदेश फर्किने कार्यक्रम छ । यसअघि सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए ।
नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा रहँदै आएको छ । सोमबार नै सेनाध्यक्ष सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरी शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
उनले सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक सम्मान गारत निरीक्षण गर्नुका साथै परिसरमा वृक्षारोपण र नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरणसमेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





