काठमाडौं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
स्मार्टफोन मोटोरोला कन्ट्री हेड हरिओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एस.सी. साबुले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा नेपाली चलचित्र ‘मास्टर्नी’का कलाकार तथा निर्माण टोलीको उपस्थिति रहेको थियो । अभिनेत्री प्रियंका कार्की पनि कार्यक्रममा सहभागी थिइन् ।
मोटोरोला र चौधरी ग्रुपले चलचित्र ‘मास्टर्नी’सँग सहकार्य गर्दै फोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए । प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, मोटोरोला एज ७० फ्युजनमा ५० मेगापिक्सेलको सोनी एलवाईटी ७१० क्यामेरा, मोटो एआई, ७ हजार एमएएच ब्याट्री, ६८ वाट टर्बोपावर चार्जिङ तथा १४४ हर्जको १.५ के क्वाड–कर्भ्ड डिस्प्ले रहेको छ । फोनको डिस्प्लेमा ५ हजार २०० निट्ससम्मको ब्राइटनेस उपलब्ध हुने कम्पनीले जनाएको छ। प्रिमियम फेब्रिक फिनिस तथा प्यान्टोनद्वारा छनोट गरिएका विभिन्न रङमा फोन उपलब्ध हुनेछ ।
यो स्मार्टफोन अगस्ट २९ देखि नेपालभर उपलब्ध हुने र यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत उपलब्ध हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





