काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई बढीमा एक मिनेटसम्मको पूर्वरेकर्ड गरिएको व्यावसायिक वा सूचनामूलक सन्देश भ्वाइस मेसेजका रूपमा पठाउन सकिने आउटबाउन्ड आईभीआर सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले यस सेवालाई संस्थागत तथा व्यक्तिगत दुवै ग्राहकका लागि उपयोगी हुने जनाएको छ ।
आउटबाउन्ड आईभीआर सामूहिक सूचना प्रवाहका लागि प्रयोग हुने प्रणाली हो। सूचना, परीक्षाको नतिजा वा प्रवर्द्धनात्मक सामग्री धेरै व्यक्तिसम्म पुर्याउन यो सेवा उपयोगी हुने टेलिकमले जनाएको छ ।
सेवा लिन चाहने कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले कल गर्नुपर्ने नम्बरको सूची र सन्देशसहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ। तोकिएको प्रक्रिया पूरा भएपछि सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस सेवामार्फत सन्देश प्राप्त गर्ने व्यक्तिको फोनमा कल आउँदा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता रहेको मोबाइल वा टेलिफोन नम्बर नै कलर आईडीका रूपमा देखिनेछ । सेवा सञ्चालनका लागि इच्छुक ग्राहक वा सेवा प्रदायकले हाललाई दूरसञ्चार कार्यालय, सुन्धारामार्फत तोकिएको फाराम भरेर सेवा लिन सक्नेछन् ।
तोकिएका नम्बरमा स्वचालित रूपमा कल गर्न सकिने प्रकृतिको यस सेवाको माग बढ्दै जाने कम्पनीको विश्वास छ । सेवासम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





