काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्जस्थित नेपाल टेलिकमको दूरसञ्चार कार्यालयको भवन एकतर्फी रूपमा भत्काएको घटनाप्रति नेपाल टेलिकमले गम्भीर आपत्ति जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दा तथा अदालतबाट भएका आदेशलाई समेत बेवास्ता गर्दै गैरकानुनी ढंगले भवन भत्काइएको आरोप लगाइएको छ ।
विज्ञप्तिअनुसार सडकको मध्यबिन्दु निर्धारण गर्दा २५ मिटर मापदण्डलाई आधार मानिनुपर्ने विषयमा अदालतमा रिट निवेदन विचाराधीन रहेको थियो । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जबाट समेत भदौ ४ गते अन्तरिम आदेशसम्बन्धी छलफलका क्रममा साविक २५ मिटर मापदण्डअनुसार संरचना यथास्थितिमा राख्नुपर्ने कानुनी स्थिति स्पष्ट पारिएको टेलिकमको भनाइ छ ।
अदालतको अन्तिम निर्णय तथा कानुनी प्रक्रिया पर्खनुको सट्टा नेपाल टेलिकम आफैँले स्वीकृत मापदण्डभित्र रहेर आफ्ना संरचना व्यवस्थित तथा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाइरहेको अवस्थामा हतारमा भवन भत्काइनु कानुनी शासन र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको टेलिकमले जनाएको छ ।
यस्तै, सडकको मध्यबिन्दुबाट दायाँ–बायाँ २५–२५ मिटरका संरचना हटाउने विषयमा सडक डिभिजन कार्यालयले वैशाख २२ गतेको नापजाँचविपरीत टेलिकमको भवनतर्फ मापदण्डभन्दा बढी संरचना भत्काएको र थप भागसमेत भत्काउन लागेको विषय गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल टेलिकमले दूरसञ्चारजस्तो अत्यावश्यक तथा संवेदनशील सार्वजनिक पूर्वाधारमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक सम्पत्तिमा भएको क्षतिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने जनाएको छ ।
टेलिकमले आगामी दिनमा सम्बन्धित निकायबाट कानुनी मर्यादाको पालना, थप समन्वय तथा जिम्मेवार सहकार्यको अपेक्षा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





