प्रतिनिधिसभामा आज प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । संघीय संसद सचिवालयका अनुसार, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति एवं प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै