हेटौँडामा खोलाले बगाएर बेपत्ता बालिकाको शव तीन दिनपछि फेला

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव तीन दिनपछि आज बिहान फेला परेको छ ।

साउन २ गते साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कने क्रममा लच्का तर्दै गर्दा चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो ।

घटनापछि खोजी गर्ने क्रममा ८ वर्षीया रोशनी स्याङतानलाई घटनास्थलबाट करिब ५ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको थियो । अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै, १२ वर्षीया बिनिता ब्लोनको शव पनि घटनाको भोलिपल्ट फेला परेको थियो ।

घटनामा परेकी १३ वर्षीया सीमा ब्लोन भने आफैं खोलाबाट निस्कन सफल भएकी थिइन् । उनको उपचार भइरहेको छ । चारै जना बालिका मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै