काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘अभूतपूर्व र निकै कडा आर्थिक अभियान’ सुरु गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत इरानविरुद्ध कुनै पनि देशमाथि अहिलेसम्म लगाइएको ‘सबैभन्दा कडा आर्थिक कारबाही’ सुरु गर्न लागेको बताएका हुन् ।
उनले इरानलाई लक्षित गर्दै यो अभियान ठूलो स्तरको आर्थिक युद्ध र इरानलाई विश्व समुदायबाट अलग्याउने प्रयास हुने बताएका छन् । साथै, इरानको सैन्य तथा आर्थिक शक्ति कमजोर बनाउने आफ्नो यसअघिको अडान पनि दोहोर्याएका छन् ।
ट्रम्पले इरानलाई आर्थिक सहयोग वा कुनै प्रकारको ‘जीवनरेखा’ उपलब्ध गराउने देशले समेत ठूलो आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनका अनुसार वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई सहयोग गर्ने देशसमेत अमेरिकी कारबाहीको दायरामा पर्न सक्नेछन् ।
विशेषगरी तेल तस्करी, तेल ट्यांकरको अदलीबदली, नगदमार्फत रकम पठाउने, मनी एक्सचेन्ज कम्पनीको प्रयोग तथा जहाजलाई नक्कली कम्पनीका नाममा दर्ता गर्ने गतिविधिलाई ट्रम्पले कारबाहीको सम्भावित क्षेत्रका रूपमा उल्लेख गरेका छन् ।
आफ्नो वक्तव्यको अन्त्यमा ट्रम्पले प्रस्तावित अभियानको तुलना दोस्रो विश्वयुद्धका क्रममा नर्मन्डीमा अमेरिकी सैनिकको अवतरणसँग गरेका छन् । उनले इरानबाट उत्पन्न हुने खतरा अन्त्य गर्न अमेरिकी सहयोगी राष्ट्रहरूलाई साथ दिनसमेत अपिल गरेका छन् ।
ट्रम्पले यस सम्पूर्ण अभियानलाई ‘ऐतिहासिक कदम’ को संज्ञा दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राप्रपा प्रदेश संसदीय दलका नेता थापाको पद गयो, पार्टी सदस्यता पनि निलम्बन
- टप दरबार रोधीमा शुक्रबारदेखि आइतबारसम्म ‘लोकदोहोरी मेला’ लाग्ने
- मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक
- एनएमबि बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने
- नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक: सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल एसयूभी
- गरिमा विकास बैंकको केन्द्रीय कार्यालय नवनिर्मित भवनमा स्थानान्तरण
- प्रधानमन्त्री शाहको निर्देशन, सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नु
- बाढीपहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात



ट्रेन्डिङ
खबरमुकाम






