काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको विधिवत रुपमा उद्घाटन सम्पन्न भएको छ । बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बुधबार एक समारोहबीच गरेका हुन् ।
उक्त कार्यालयको उद्घाटनसँगै हाल लाजिम्पाट, काठमाण्डौमा रहेको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौमा स्थानान्तरण गरिएको छ । २०६४ साल कार्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार प्रारम्भ गरेको विकास बैंकले २०६७ साल वैशाख १ गते कास्कीको महेन्द्रपुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको र राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपश्चात २०७३ साल चैत २७ गते आफ्नो केन्द्रीय कार्यालय पोखराबाट काठमाण्डौको लाजिम्पाटमा स्थानान्तरण गरेको थियो ।
नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटन कार्यक्रमको अवसरमा कार्यालय परिसरमा निर्मित मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठा सहित धार्मिक पूजाआजा समेत आयोजना गरिएको थियो । उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. पौडेलसँगै, धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल प्रसाद भट्ट, नेपाल राष्ट्र बैंक लगायत अन्य नियमनकारी निकायका पदाधिकारीहरु, गरिमा विकास बैंकका संचालक समितिका सदस्यहरु, विकास बैकका पूर्व पदाधिकारीहरु, उच्च व्यवस्थापन पदाधिकारीहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदस्थ पदाधिकारीहरु, विकास बैंकका शेयरधनीहरु, कर्मचारीहरु, ग्राहकहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले २०६४ सालमा स्याङ्गजाको वालिङबाट शुरु भएको यात्रा पोखरा हुँदै २०७३ सालमा काठमाण्डौ आइपुगेकोमा, आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै विकास बैंकको अर्को अध्याय शुरु भएको बताए । साथै, उनले विकास बैंकको सफल व्यावसायिक यात्रामा लाखौ ग्राहक, हजारौँ शेयरधनी, नियमनकारी निकायहरु, व्यावसायिक साझेदार संस्थाहरुको विश्वास सँगै कर्मचारीहरुको कठोर मेहनत र योगदान तथा संस्थागत सुशासन महत्वपूर्ण रहेको उल्लेख गरे ।
त्यसैगरी समारोहको समापन सत्रमा बोल्दै विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखी आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय सहित ५१ एटीएम मेसिन एवं नविनतम बैंकिङ्ग सुविधा सहित करिब १० लाख ग्राहकहरुलाई सरल सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राप्रपा प्रदेश संसदीय दलका नेता थापाको पद गयो, पार्टी सदस्यता पनि निलम्बन
- टप दरबार रोधीमा शुक्रबारदेखि आइतबारसम्म ‘लोकदोहोरी मेला’ लाग्ने
- मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक
- एनएमबि बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने
- नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक: सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल एसयूभी
- गरिमा विकास बैंकको केन्द्रीय कार्यालय नवनिर्मित भवनमा स्थानान्तरण
- प्रधानमन्त्री शाहको निर्देशन, सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नु
- बाढीपहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात



ट्रेन्डिङ
खबरमुकाम






