उपत्यकामा ग्यास लिन बिहानैदेखि उपभोक्ताको लामो लाइन

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था गरेपछि तोकिएका स्थानहरूमा उपभोक्ताको ठूलो भिड लागेको छ ।

निगमको टेकु परिसरलगायत विभिन्न स्थानमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिएको छ । नियमित विक्रेताबाट ग्यास पाउन नसकेका तथा अतिआवश्यक परेका उपभोक्तालाई लक्षित गरी निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा ग्यास उद्योगीमार्फत उपत्यकाका सात स्थानबाट ग्यास बिक्री–वितरणको व्यवस्था गरिएको हो ।

निगमका अनुसार आज आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका स्थानबाट ग्यास खरिद गर्न सकिनेछ ।

ग्यास खरिदका लागि उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै