धनगढी । सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढी पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । भट्टको दाबीलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए । दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्तिपत्र प्रदान गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रबार दिउँसो ३ बजे हुने कार्यक्रम तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- उपभोक्ता अधिकार संरक्षण सम्बन्धी के छ कानुनी व्यवस्था
- व्यावसायिक संस्थामा राजनीति नगर्न सभामुख अर्यालको सुझाव
- बागमतीका मुख्यमन्त्री बानियाँले भदौ ३ मा विश्वासको मत लिँदै
- खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
- नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
- आजको मौसमः मेघगर्जन र चट्याङसहित यी स्थानमा पानी पर्ने
- जेनजी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्मः अब युवाले खोजेको उत्तर के हो ?
- मुक्तिनाथ विकास बैंकको नाइमा एक्सपो लक्षित अटो लोन योजना


ट्रेन्डिङ
खबरमुकाम







