काठमाडौं । कीर्तिपुर नगरपालिका वाड नं ३ सागल कीर्तिपुर स्थित ससः त्वा हस्पिटालिटी प्रा.लि. र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । गत बुधबार बैंकका तर्फबाट सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख लेखबहादुर पुन कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र सस: त्वा हस्पिटालिटी प्रा.लि तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनबाट सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरिएको थियो ।
ससः त्वा हस्पिटालिटी प्रा.लि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने छन् ।
सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरु तथा वैध परिचयपत्र भएका ग्राहकहरुलाई खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन । सस ःत्वाको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ ।
यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





