• वि.सं २०८३, साउन २९ शुक्रबार
  • Friday, 14 August, 2026
  • युनिकोड
  • Live

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ ३ मा विश्वासको मत लिँदै

मकवानपुर । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेस संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार विश्वासको मतका लागि कांग्रेसका सांसदलाई भदौ २ गतेसम्म हेटौँडामा उपस्थित हुन निर्देशन दिइएको छ। बानियाँले अन्य दलसँग पनि समर्थनका लागि छलफल गरिरहेका छन् ।

यसैबीच दुई सिट रहेको हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएको छ । उसका शैलेन्द्रराज बज्राचार्यलाई भौतिक विकास तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक छ । कांग्रेससँग ३६, एमालेसँग २५ र नेकपासँग २६ सांसद छन्। राप्रपा, नेमकिपा र हानेपाको समर्थन सरकार गठनका लागि निर्णायक बन्ने देखिएको छ ।

यता एमालेभित्र पनि मुख्यमन्त्रीको विषयमा विवाद छ । संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । एमाले–नेकपा गठबन्धनले सरकार गठनको तयारी गरिरहेकाले बागमतीको सत्ता समीकरण थप पेचिलो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै