काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा भएको भीषण आगलागीबाट काभ्रे चौरीदेउरालीका बेकरी व्यवसायी राजेन्द्र गौतमको घर तथा व्यवसाय पूर्णरूपमा ध्वस्त भएपछि उनी अहिले पीडादायी अवस्थाबाट गुज्रिरहेका छन् ।
आगलागीले गौतमको व्यवसाय मात्रै होइन, बस्दै आएको स्थानसमेत पूर्णरूपमा क्षति पुर्याएपछि उनको परिवारको दैनिकी नै प्रभावित बनेको छ । विपत्तिको यस्तो कठिन घडीमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले गौतमलाई सहयोग गर्दै आएका छन् ।
यसैक्रममा काभ्रे चौरीदेउरालीका नेपाली कांग्रेसका युवा नेता तथा युवा व्यवसायीहरू नारायण थोकर, उस्पार सुनार, विश्व लामा र नेमा ज्ञानज्ञ लामाले पनि गौतमलाई आर्थिक सहयोग गरेका छन् ।
उनीहरूले समान रूपमा जनही ५ हजार रुपैयाँका दरले सहयोग, कुल २० हजार रुपैयाँ, प्रदान गरेका हुन् ।
आगलागीबाट घर र व्यवसाय गुमाएका गौतमलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरूले सहयोग गरेको उनीहरूको भनाइ छ ।
विपद्का बेला व्यक्तिगत तथा संस्थागत रूपमा अघि बढेका यस्ता सहयोगी हातले पीडित परिवारलाई आर्थिक राहत मात्रै नभई पुनः उठ्न सकिन्छ भन्ने हौसला र भरोसा पनि दिएको छ ।
गौतमको घर तथा व्यवसाय पुनः सञ्चालनका लागि अझै ठूलो सहयोग आवश्यक रहेको अवस्थामा उहाँलाई सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाहरूले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आगलागीबाट घर–व्यवसाय गुमाएका राजेन्द्र गौतमका लागि जुट्दै सहयोगी हातहरु
- भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
- विपक्षी सांसदले दोहोर्याए प्रधानमन्त्रीको सीमा अभिव्यक्ति फिर्ताको माग
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र
- प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको भेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड

ट्रेन्डिङ
खबरमुकाम







