काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल अब ३ वर्षमा सीमित हुने भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल ३ वर्ष कायम गर्ने सहमति जुटेको हो ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकले गभर्नर र सञ्चालकको कार्यकाल घटाउने निर्णय गरेको हो। हाल गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल ५ वर्षको छ ।
समिति सभापति कृष्णहरि बुढाथोकीका अनुसार नयाँ बन्ने ऐनमा गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल ३ वर्षमा सीमित गरिनेछ ।
यस्तै, डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि पनि ३ वर्ष कायम गरिने भएको छ । कार्यसम्पादन मूल्यांकन गर्दा काम सन्तोषजनक देखिएमा नेपाल सरकारले थप २ वर्ष पदावधि बढाउन सक्ने व्यवस्था विधेयकमा राख्ने निर्णय भएको सभापति बुढाथोकीले बताए ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि अर्थ समितिमा शुक्रबार पनि दफावार छलफल हुने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





