काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल अब ३ वर्षमा सीमित हुने भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल ३ वर्ष कायम गर्ने सहमति जुटेको हो ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकले गभर्नर र सञ्चालकको कार्यकाल घटाउने निर्णय गरेको हो। हाल गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल ५ वर्षको छ ।
समिति सभापति कृष्णहरि बुढाथोकीका अनुसार नयाँ बन्ने ऐनमा गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल ३ वर्षमा सीमित गरिनेछ ।
यस्तै, डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि पनि ३ वर्ष कायम गरिने भएको छ । कार्यसम्पादन मूल्यांकन गर्दा काम सन्तोषजनक देखिएमा नेपाल सरकारले थप २ वर्ष पदावधि बढाउन सक्ने व्यवस्था विधेयकमा राख्ने निर्णय भएको सभापति बुढाथोकीले बताए ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि अर्थ समितिमा शुक्रबार पनि दफावार छलफल हुने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हेटौँडामा खोलाले बगाएर बेपत्ता बालिकाको शव तीन दिनपछि फेला
- राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्ष हुने
- सर्वोच्चद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
- नेपालमै अन्तर्राष्ट्रिय स्तरको ‘पर्मानेन्ट मेकअप एकेडेमी’ स्थापना गर्ने रोजी श्रेष्ठको लक्ष्य
- राप्रपा प्रदेश संसदीय दलका नेता थापाको पद गयो, पार्टी सदस्यता पनि निलम्बन
- टप दरबार रोधीमा शुक्रबारदेखि आइतबारसम्म ‘लोकदोहोरी मेला’ लाग्ने
- मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक
- एनएमबि बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने



ट्रेन्डिङ
खबरमुकाम







