गरिमा चौधरी हत्या प्रकरणमा किशोरको बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा । गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

बारा प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर फौजदारी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार किशोरको बयानको भिडियो खिच्ने क्रममा पाँच जना प्रहरी देखिएका छन् । पक्राउ परेका प्रहरीबाहेक अन्य प्रहरीको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ ।

बयानको भिडियो प्रहरीबाट कसरी बाहिरियो र कसले सामाजिक सञ्जालमा सार्वजनिक गर्‍यो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै