जनकपुरधाम । जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ । शनिबार बिहानदेखि गिरनारी कुट्टीनजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिलमा डोजर चलाएर संरचना हटाउन थालिएको हो ।
गुठी संस्थान जनकपुरधामले पोखरीको अतिक्रमित डिल खाली गराउन डोजर परिचालन गरेको हो । अतिक्रमित जग्गा खाली गर्न संस्थानले यसअघि साउन १ गते सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि भदौ ५ गते जनकपुर नगर क्षेत्रमा माइकिङ गर्दै पुनः अतिक्रमित जग्गा खाली गर्न आग्रह गरिएको थियो ।
तर, पटक–पटक सूचना जारी गर्दा पनि अतिक्रमित जग्गा खाली नभएपछि गुठी संस्थानले डोजर लगाएर संरचना हटाउने अभियान थालेको हो ।
गुठी संस्थान जनकपुरधामका किशोरकुमार झाले पहिलो चरणमा गोरधोइ पोखरीको अतिक्रमणमा परेको डिल खाली गराउन थालिएको जानकारी दिए । उनका अनुसार जनकपुरधाम क्षेत्रमा रहेका करिब ५० वटा पोखरीमध्ये पहिलो चरणमा सातवटा पोखरीलाई अतिक्रमणमुक्त गराउने तयारी गरिएको छ ।
अतिक्रमित संरचना हटाउने क्रममा सम्भावित अवरोध र सुरक्षालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





