काठमाडौं । इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ । आइतबार बिहान सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा इङ्ग्ल्यान्डले आक्रामक प्रदर्शन गर्दै प्रभावशाली जित निकालेको हो ।
खेलको पहिलो हाफमै इङ्ग्ल्यान्डले ४–० को सहज अग्रता बनाएको थियो । पहिलो हाफमा डेक्लान राइस र एज्री कोन्साले एक–एक गोल गरे भने बुकायो साकाले दुई गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्यो । केलियन एमबाप्पेले दुई गोल गर्दा ब्राडली बार्कोला र उस्मान डेम्बेलेले एक–एक गोल थपे । यता, इङ्ग्ल्यान्डका जुड बेलिङ्घम र बुकायो साकाले थप एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
यो जितसँगै इङ्ग्ल्यान्डले प्रतियोगिता तेस्रो स्थानमा टुंग्याएको छ भने बुकायो साका ह्याट्रिकसहित खेलका प्रमुख नायक बने ।
यता, खेलमा दुई गोल गरेका केलियन एमबाप्पे गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी लियोनेल मेस्सीको नाममा ८ गोल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





