काठमाडौं । फ्रान्सले मोरोक्कोमाथि २–० को जित निकाल्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा दोस्रो हाफमा दुई गोल गर्दै फ्रान्स अन्तिम चारमा पुगेको हो ।
पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफ सुरु भएपछि फ्रान्सले खेलमा पकड जमायो । ६०औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको छ मिनेटपछि उस्मान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सले २–० को सहज अग्रता बनायो ।
बाँकी समयमा मोरोक्कोले खेलमा फर्किने प्रयास गरे पनि फ्रान्सको रक्षापंक्ति भेद्न सकेन । फ्रान्सले दुई गोलको अग्रता जोगाउँदै सेमिफाइनल यात्रा तय गर्यो ।
यो नतिजासँगै विश्वकपमा मोरोक्कोविरुद्ध फ्रान्सको दबदबा कायम रह्यो । सन् २०२२ को विश्वकपमा पनि यी दुई टोली सेमिफाइनलमा भिडेका थिए, जहाँ फ्रान्सले २–० कै जित निकाल्दै मोरोक्कोको यात्रा टुंग्याएको थियो । यसपटक पनि मोरोक्कोका लागि फ्रान्स नै बाधक बन्यो ।
अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीच हुने क्वार्टरफाइनल खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंमा भव्य उद्घाटन (फोटो फिचर)
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग



ट्रेन्डिङ
खबरमुकाम


.jpeg)




