काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सञ्जाल ‘काठमाडौँ उपत्यका मेयर्स फोरम’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
मंगलबार सम्पन्न फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाउने र फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीसँगको भेटमा २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति घोर आपत्ति जनाइने विज्ञप्तिमा उल्लेख छ ।
हालका प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदादेखि नै उपत्यकाभित्रको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा फोरममा पटकपटक छलफल हुँदै आएको थियो ।
उपत्यकाभित्रको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको उल्लेख गर्दै फोरमले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको जनाएको छ । फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उक्त प्रतिबद्धता उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम





.jpeg)

