काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सञ्जाल ‘काठमाडौँ उपत्यका मेयर्स फोरम’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
मंगलबार सम्पन्न फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाउने र फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीसँगको भेटमा २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति घोर आपत्ति जनाइने विज्ञप्तिमा उल्लेख छ ।
हालका प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदादेखि नै उपत्यकाभित्रको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा फोरममा पटकपटक छलफल हुँदै आएको थियो ।
उपत्यकाभित्रको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको उल्लेख गर्दै फोरमले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको जनाएको छ । फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उक्त प्रतिबद्धता उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





