काठमाडौं । १८औँ संस्करणको नाडा अटो शो २०२६ आजदेखि काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु हुँदै छ । अटो शोमा पाँच दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डका विभिन्न मोडल प्रदर्शनीमा राखिँदै छन् । यात्रुवाहक सवारीसाधनसँगै कमर्सियल सेग्मेन्टअन्तर्गत ईभी माइक्रो, भ्यानदेखि ठूला व्यावसायिक सवारीसाधनसम्म प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायत ब्रान्डका उत्पादन अटो शोमा राखिनेछन् । त्यस्तै, रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दुईपांग्रे सवारीसाधनका ब्रान्डको समेत सहभागिता रहनेछ ।
यसपटकको अटो शोमा नेपालमै उत्पादन गरिएको सिप्रदी–यात्री नेपालको ‘यात्री पी–२’ पनि प्रदर्शनमा राखिँदै छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजसँग सम्बन्धित कम्पनीहरूको समेत उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । नाडाका अनुसार १० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले समेत अटो शोमा सहभागिता जनाउनेछन् ।
आजदेखि सुरु हुने अटो शो भदौ १४ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी अवधिमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत बहस, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारीसाधनको बढ्दो आगमन तथा रोजगारीलगायत विषयमा विशेष छलफल कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





