काठमाडौँ । खिचापोखरीस्थित ह्वाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र डायमण्डका गहनामा विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । ज्वेलरीले ‘डायमण्ड मेगा अफर’ अन्तर्गत तोकिएका डायमण्ड गहनामा ५५ प्रतिशतसम्म छुट दिने जनाएको छ ।
अफरमा समावेश डायमण्ड गहनाको मूल्य ४ हजार ९ सय ९९ रुपैयाँदेखि सुरु हुने ज्वेलरीले जनाएको छ । रिङ, इयररिङ, मंगलसूत्र, पेन्डेन्ट, ब्रेसलेट, नेकलेस र नोजपिनलगायतका गहना अफरमा समेटिएका छन् ।
ज्वेलरीका अनुसार ४० हजार रुपैयाँभन्दा बढी मूल्यका तोकिएका डायमण्ड गहना खरिद गर्ने ग्राहकले स्क्र्याच कुपन प्राप्त गर्नेछन् । कुपनमार्फत अधिकतम २ लाख रुपैयाँसम्म क्यासब्याक, निःशुल्क प्राकृतिक डायमण्ड नेकलेस सेट वा १ किलो चाँदीको बार जित्ने अवसर रहेको ज्वेलरीले जनाएको छ ।
सुनका गहनामा मेकिङ चार्ज ५ दशमलव ९९ प्रतिशतदेखि सुरु हुने बताइएको छ । त्यस्तै, १५ तोलाको ब्राइडल ज्वेलरी सेट खरिद गर्दा डायमण्ड रिङ निःशुल्क उपलब्ध गराइनेछ । तोकिएका २२ क्यारेटका पोला रिङमा ज्याला र जर्ती शुल्क नलाग्ने ज्वेलरीले जनाएको छ ।
चाँदीका गहनातर्फ पनि विभिन्न छुट तथा सुविधा राखिएको छ । सीमित रेडिमेड चाँदीका गहनामा ज्याला र जर्ती शुल्क नलाग्ने तथा चाँदीका रोडियम गहनामा ५० प्रतिशतसम्म छुट दिइनेछ । चाँदीका भाँडाकुँडाको मेकिङ चार्जमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
ज्वेलरीका अनुसार चाँदीका गहनाको मूल्य ६ सय ९९ रुपैयाँदेखि सुरु हुन्छ । ७ लाख रुपैयाँ बराबरको चाँदी तथा डायमण्डका गहना खरिद गर्ने ग्राहकलाई ५ ग्रामको चाँदीको सिक्का निःशुल्क प्रदान गरिनेछ ।
‘कपल सेलिब्रेसन’ योजनाअन्तर्गत १ लाख ५० हजार रुपैयाँ बराबरको चाँदी वा डायमण्डका गहना खरिद गर्दा ग्राहकले रोमान्टिक डिनरको भाउचर प्राप्त गर्न सक्नेछन् । ज्वेलरीले गहना खरिदमा ईएमआई सुविधासमेत उपलब्ध रहेको जनाएको छ ।
ज्वेलरीका अनुसार अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ र अफरमा समावेश गहनाको स्टक पनि सीमित रहेको छ । ग्राहकले सामाजिक सञ्जालमा ‘OFFER’ लेखेर प्रतिक्रिया पठाएमा पछिल्ला डिजाइन, मूल्य तथा लागू हुने अफरबारे जानकारी उपलब्ध गराइने ज्वेलरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम




.jpeg)


