काठमाडौँ । खिचापोखरीस्थित ह्वाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र डायमण्डका गहनामा विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । ज्वेलरीले ‘डायमण्ड मेगा अफर’ अन्तर्गत तोकिएका डायमण्ड गहनामा ५५ प्रतिशतसम्म छुट दिने जनाएको छ ।
अफरमा समावेश डायमण्ड गहनाको मूल्य ४ हजार ९ सय ९९ रुपैयाँदेखि सुरु हुने ज्वेलरीले जनाएको छ । रिङ, इयररिङ, मंगलसूत्र, पेन्डेन्ट, ब्रेसलेट, नेकलेस र नोजपिनलगायतका गहना अफरमा समेटिएका छन् ।
ज्वेलरीका अनुसार ४० हजार रुपैयाँभन्दा बढी मूल्यका तोकिएका डायमण्ड गहना खरिद गर्ने ग्राहकले स्क्र्याच कुपन प्राप्त गर्नेछन् । कुपनमार्फत अधिकतम २ लाख रुपैयाँसम्म क्यासब्याक, निःशुल्क प्राकृतिक डायमण्ड नेकलेस सेट वा १ किलो चाँदीको बार जित्ने अवसर रहेको ज्वेलरीले जनाएको छ ।
सुनका गहनामा मेकिङ चार्ज ५ दशमलव ९९ प्रतिशतदेखि सुरु हुने बताइएको छ । त्यस्तै, १५ तोलाको ब्राइडल ज्वेलरी सेट खरिद गर्दा डायमण्ड रिङ निःशुल्क उपलब्ध गराइनेछ । तोकिएका २२ क्यारेटका पोला रिङमा ज्याला र जर्ती शुल्क नलाग्ने ज्वेलरीले जनाएको छ ।
चाँदीका गहनातर्फ पनि विभिन्न छुट तथा सुविधा राखिएको छ । सीमित रेडिमेड चाँदीका गहनामा ज्याला र जर्ती शुल्क नलाग्ने तथा चाँदीका रोडियम गहनामा ५० प्रतिशतसम्म छुट दिइनेछ । चाँदीका भाँडाकुँडाको मेकिङ चार्जमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
ज्वेलरीका अनुसार चाँदीका गहनाको मूल्य ६ सय ९९ रुपैयाँदेखि सुरु हुन्छ । ७ लाख रुपैयाँ बराबरको चाँदी तथा डायमण्डका गहना खरिद गर्ने ग्राहकलाई ५ ग्रामको चाँदीको सिक्का निःशुल्क प्रदान गरिनेछ ।
‘कपल सेलिब्रेसन’ योजनाअन्तर्गत १ लाख ५० हजार रुपैयाँ बराबरको चाँदी वा डायमण्डका गहना खरिद गर्दा ग्राहकले रोमान्टिक डिनरको भाउचर प्राप्त गर्न सक्नेछन् । ज्वेलरीले गहना खरिदमा ईएमआई सुविधासमेत उपलब्ध रहेको जनाएको छ ।
ज्वेलरीका अनुसार अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ र अफरमा समावेश गहनाको स्टक पनि सीमित रहेको छ । ग्राहकले सामाजिक सञ्जालमा ‘OFFER’ लेखेर प्रतिक्रिया पठाएमा पछिल्ला डिजाइन, मूल्य तथा लागू हुने अफरबारे जानकारी उपलब्ध गराइने ज्वेलरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





