आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले घटेर दुई लाख ८३ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ मा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर चार हजार तीन सय १५ रुपैयाँ मा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ६० रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन चार हजार ६३ अमेरिकी डलर र एक औँस चाँदी ५८ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै